Trending Now

एकैसाथ आठ पुस्तक लोकार्पण

युएईमा नेपाली साहित्यकै इतिहासमा पहिलो पटक आठ ओटा  कृति एकसाथ लोकार्पण भएका छन् |

सिर्जना वाचन डबली,युएईको आयोजन र अन्तर्राष्ट्रिय नेपाली समाज,युएईको सह-आयोजनामा ,युएईमा सम्पन्न भएको कार्यक्रममा तीन ओटा कविता सङ्ग्रह, तीन ओटा मुक्तक सङ्ग्रह र दुईओटा उपन्यास रहेका छन् ।

कार्यक्रममा गोरखाका कवि चन्द्र गुरुङको कविता सङ्ग्रह “जब एउटा मान्छे हराउँछ”, अर्घाखाँचीका कवि असीम सागरको कविता सङ्ग्रह “क” र सुनसरीकी कवि मीना श्रेष्ठको कविता सङ्ग्रह “फर्गट एस्टर्डे” विमोचन गरिएको हो |त्यसैगरी गोरखाका मुक्तककार सन्तोष अम्गाईँको मुक्तक सङ्ग्रह “सयल”, काठमाडौ निवासी मुक्तककार माधव विडारीको मुक्तक सङ्ग्रह “विषाक्त माया” र बझाङका मुक्तककार दिनेश धामीको मुक्तक सङ्ग्रह “आधा जीवन” विमोचन भएका थिए ।

त्यस्तै ८ कृति विमोचित हुनेहरुको सूचीमा चितवनका दुई उपन्यासकार सिम्रन क्षेत्रीको उपन्यास “झुमर” र निर्दोष जीवनको उपन्यास “नोस्टाल्जिया” पनि रहेका थिए ।

नेपालबाट आमन्त्रित पछिल्लो समय युवा पुस्ताका चर्चित गजलकार प्रदिप रोदनको विशेष प्रस्तुति रहेको कार्यम्रमका बिच प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, कार्यक्रमका सभापति आयोजक डबलीका संरक्षक तथा गजलकार टक गुरु, विशेष अतिथि व्यवसायी/सामाजिक अभियानता कूल लेप्चा लगायत विभिन्न संघसंस्थाबाट आमन्त्रित विशेष अतिथिहरुले एकसाथ ती कृतिहरुको लोकार्पण गर्नुभएको हो ।

खासमा १० कृतिलाई एकैसाथ विमोचन गर्ने योजना रहेको थियो आयोजक समितिको । तर केही प्राविधिक कठिनाइका कारण कवि नवीन प्राचीनको कविता सङ्ग्रह “प्वाँख” र कवि/गीतकार सागर फुयालको गीत/कविता सङ्ग्रह “अञ्जुलीमा थाप्न पाए” युएई आइपुग्न पाएन ।

युएईमा रहेर कलम चलाइरहनु भएका दुई दर्जन बेसी कवि/गजलकारहरुले आ-आफ्नो रचना प्रस्तुत गर्नुभएको कार्यक्रममा गजलकार नकुल पौडेलले स्वागत मन्तव्य र सञ्चालन गजलकार श्री भवानी नेपालले गर्नु भएको थियो ।

 

Comments are closed.