जाडोमा छालाको हेरचाह कसरी गर्ने

जाडो याममा वातावरण निकै चिसो हुन्छ। प्रायः मानिसलाई चिसो वातावरण मन पर्दैन। त्यसैले कोठाभित्र वा साँझ–बिहानको समय हिटर नजिकै बसेर न्यानो हुने प्रयास गरिन्छ। यस्तै दिउँसोमा घाममा बस्ने चाहना हुन्छ।

जाडो मौसम छालाको लागि खासै अनुकूल मानिदैन् किनकी यसबेला बाहिरी वातावरण सुख्खा हुन्छ । चिसो र सुख्खापनाले छालामा असर पार्दछ ।

के कारणले छाला सुख्खा हुन्छ ?
सन्तुलित भोजनको कमी एवं भिटामिन ए तथा बीको अभावका कारण छाला सुख्खा हुन्छ । सुख्खा छालाबाट राहत प्राप्त गर्न सन्तुलित भोजन गर्नुपर्छ । धूम्रपानले पनि छालालाई सुख्खा बनाउँछ । रक्त संचारमा आएको गडबडीले पनि छाला सुख्खा हुन्छ । बढी सोडा भएको साबुनले पनि छालालाई सुख्खा बनाउँछ । साबुनमा भएको अल्कालाइनले छालाको तेल नष्ट गर्छ ।

छालाको हेरचाह यसरी गर्न सकिन्छ

१. छालालाई सुख्खा रहन नदिन अनुहारमा मोस्चराइजर तथा शरीरमा बडी लोसनको प्रयोग गर्ने । २. पर्याप्त मात्रामा पानी पिउने । ३.  अनुहारमा तातो पानीको बाफ लिने, यसले बन्द भएको रोमछिद्रलाई खुलाउँछ । ४. हातले हल्का मसाज गर्ने । यसले अनुहारमा रक्तसञ्चारलाई बढाउँदछ । ५. मौसमी फलफुलको सेवन गर्ने । ६. सावुनको प्रयोग कम गर्ने अथवा मोस्चराईजिङ साबुन तथा फेस वासको प्रयोग गर्ने । ७. ओठलाई सुख्खा हुन नदिन लिप बामको प्रयोग गर्ने । ८. घाममा जानुभन्दा १५ मिनेट अगाडि राम्रो एसपिएफ भएको सनब्लक वा सनस्क्रिनको प्रयोग गर्ने । ९. चिसो पानीमा धेरै समय काम नगर्ने । १०. धेरै तातो पानीले ननुहाउने । ११. शारीरिक सरसफाइमा विशेष ध्यान दिने । १२. छालासम्बन्धी केही जटिल समस्या देखा परेमा छाला विशेषज्ञसँग तुरुन्तै परामर्श लिने ।

Comments are closed.