संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघका नेता शुभराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो। संगठनलाई अनिर्णयको बन्दी बनाएको, संगठनलाई गतिदिन नसकेको, कमिटी विस्तारमा ध्यान नदिएर नेविसंघभित्र चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।
बस्नेतकाे टाेलीले नेविसंघ अध्यक्ष शेर्पासँग तरुण दलका अध्यक्ष विद्वान गुरुङकाे पनि राजीनामा मागेकाे थियाे । सभापति देउवाद्वारा गत २०७८ फागुन ९ मा नेविसंघकाे अध्यक्षमा शेर्पा र तरुण दलकाे अध्यक्षमा गुरुङलाई मनाेनित गरेका थिए । अहिलेसम्म नेविसंघ र तरुण दल विस्तार समेत हुन सकेकाे छैन ।
केही समयअघि नेविसंघ र तरुणा दल विस्तारकाे तयारी भएपनि पछिल्लाे भए कांग्रेसभित्र अहिले नयाँ कमिटी ल्याउनुपर्ने आवाज उठेकाे छ । बस्नेतकाे टाेलीले पनि सभापति देउवा र नेतृ आरजु राणा देउवालाई शेर्पा र गुरुङलाई बर्खास्त गरेर विधानसम्मत नयाँ कमिटी ल्याउन माग गरेकाे थियाे । देउवा दम्पती शेर्पा र गुरुङलाई बर्खास्त गरेर नयाँ कमिटी ल्याउन सकारात्मक देखिएकाे नेविसंघका नेता मदनराज उपाध्यायले बताए ।