किन किन आजभोलि
बोलुँ बोलुँ जस्तो लाग्छ
सिलाएका ओंठहरू
खोलुँ खोलुँ जस्तो लाग्छ ।
दिनरात बिताएथेँ
गुम्साएर निःश्वासहरू
आफैँभित्र भासिएथेँ
गुमाएर विश्वासहरू ।
तड्पिएको आत्मालाई
शितल पारुँ जस्तो लाग्छ
मौनताको भारी पर्दा
अन्तै सारुँ जस्तो लाग्छ ।
किन किन आजभोलि
बोलुँ बोलुँ जस्तो लाग्छ
सिलाएका ओंठहरू
खोलुँ खोलुँ जस्तो लाग्छ ।
माया गुरुङ, वेलायत
mayagrg61@gmail.com