Trending Now

गीतकार ज्ञानेन्द्र गदालले ल्याए मन छुने गीत

नयाँबर्ष २०८० सालको कोशेली स्वरुप गीतकार ज्ञानेन्द्र गदालले एउटा सुमधुर आधुनिक गीत बजारमा ल्याएका छन्। विभिन्न मिडियाको उपस्थितिमा एउटा विशेष समारोहका बिच यही बैशाख १४ गते काठमाडौँमा सार्वजनिक गरिएको “माया हुन्छ भनन” बोलको गीत युट्युब मार्फत लाइभ गरिएको थियो।

गीतकार ज्ञानेन्द्र गदालको सशक्त रचना, संगीतकार शम्भुजित बास्कोटाको बेजोड संगीत र गायक रामकृष्ण ढकालको जादुमय स्वरबाट सुसज्जित उक्त कर्णप्रीय गीतको दृश्य छायांकनमा नायिका केकी अधिकारी र रामकृष्ण ढकाल स्वयंले अभिनय गरेका छन्।

गीतको उत्पादन, वितरण र बजार व्यवस्थापन म्युजिक नेपालले गरेको छ।

Comments are closed.