सुमन योञ्जनको ‘ए हावा’ सार्वजनिक

 

काठमाडौं : गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ।
द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ।
प्रेमिल भावको गीत ‘ए हावा’ को म्युजिक भिडियोमा मोडेलहरू गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ।
पछिल्लो समयका व्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ। गीतलाई क्रिस्टल क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।