द सेभेन मून्स अफ माली अल्मिडा’लाई बुकर पुरस्कार

श्रीलंकाली लेखक करुणातिलकालाई बुकर पुरस्कार दिइएको छ ।

श्रीलंकाली गृहयुद्धमा आधारित उपन्यास ‘द सेभेन मून्स अफ माली अल्मिडा’का लागि   प्रतिष्ठित साहित्यिक पुरस्कार०२२ को बुकर पुरस्कार प्रदान गरिएको छ । करुणातिलकाको यो दोस्रो उपन्यास हो । यसअघि सन् २०११ मा उनको ‘चाइनाम्यान’ उपन्यास प्रकाशित भएको थियो ।

बुकर पुरस्कार कमिटीका निर्णायकले श्रीलंकाली गृहयुद्धमा आधारित उपन्यास ‘द सेभेन मून्स अफ माली अल्मिडा’ को दायराको महत्त्वाकांक्षा, कथावाचन शैलीको प्रशंसा गरेका छन् ।

यो उपन्यासमा शीर्षकमा उल्लेख गरिएका फोटोपत्रकार मालीको कथामा आधारित छ । जो सन् १९९० मा खगोलीय भिसा कार्यालयमा पुनर्जीवित हुन्छन् । उनलाई कसले मार्‍यो भन्ने थाहा हुँदैन तर उनले सबैभन्दा बढी माया गर्ने व्यक्तिलाई सम्पर्क गर्न ७ वटा चन्द्रमा हुन्छन् । र उनलाई एक लूप्त ‘क्यास’ मा रहेका गृहयुद्धको अत्याचारको तस्बिरसम्म पुर्‍याउँछन् जसले श्रीलंकालाई हल्लाएको हुन्छ । यस वर्षका निर्णायक समितिका अध्यक्ष निल म्याकग्रेगर यस पुस्तक पुरस्कृत हुनुको कारण खुलाउँदै भन्छन्, ‘यो एउटा यस्तो पुस्तक हो जसले पाठकलाई जीवन र मृत्यु हुँदै लेखकले उल्लेख गरेझैं विश्वको क्रुर हृदयसम्म रोमाञ्चित यात्रा गराउँछ ।’

पुरस्कार ग्रहण गर्दै लेखक करुणातिलकाले श्रीलंकाली नागरिकलाई तमिल र सिंहाली भाषामा सम्बोधन गरेका थिए । उनले सम्बोधनका क्रममा भने, ‘मैले यो पुस्तक तपाईंहरूका लागि लेखेको हुँ। आउनुहोस् यी कथा एकअर्कालाई सुनाऔं ।’

पुरस्कार बेलायती राजा चार्ल्सपत्नी क्यामिलाले प्रदान गरेकी थिइन् । पुरस्कार वितरण समारोहमा पपस्टार डुआ लिपासमेत उपस्थित थिइन् । बेलायतमा प्रकाशित उपन्यासलाई दिइने बुकर पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ । त्यसै सर्टलिस्टमा पर्ने ५ जना लेखकलाई पनि २ हजार ५ सय पाउन्ड दिइन्छ।

यस वर्षको बुकर पुरस्कारका लागि ”द सेभेन मून्स अफ माली अल्मिडा’ सँगै एलिजाबेथ स्ट्राउटको ‘ओ विलियम’, नोभायोलेट बुलावायोको ‘ग्लोरी’, एलन गार्नरको ‘ट्रिकल वाकर’, पर्सिभल एभरेट ‘द ट्रीज’ र क्लेर किगनको ‘स्मल थिंग्स लाइक दिज’ पनि सर्टलिस्टमा परेका थिए ।