आजबाट कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको बयान 

काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आजबाट सुरु हुँदैछ ।धनुषाका प्रहरीका अनुसार सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने आजबाट सुरु हुन लागेको हो । सिरोहियालाई शुक्रबारसम्म मात्रै हिरासतमा राख्ने अनुमति प्रहरीसँग छ ।बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको थियो ।उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो ।