एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ः१४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसु टापुको बीचमा रहेको छ । भूकम्पको धक्का जापानको पश्चिमी क्षेत्रमा धेरै भागमा महसुस गरिएको थियो । क्षतिको पुरा विवरण आउन बाँकी छ।