काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार आयोजित एक समारोहबीच आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पाैडेल समक्ष प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
उहाँले नेपालको संविधानको धारा २९४ बमोजिम साे प्रतिवेदन पेस गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।