खार्तुम : सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फता अल–बुर्हानले सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताएका छन्।
विद्रोहीसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उनले स्पष्ट पारेका हुन्। उनले पूर्वसुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गरे।
सुडानमा १५ अप्रिल, २०२३ देखि एसएएफ र आरएसएफबीच द्वन्द्व भइरहेको छ। संयुक्त राष्ट्रसंघको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यो लडाइँमा १२ हजारभन्दा बढी मानिस मारिएका छन्।