साहित्यकार सुमन वर्षालाई ‘गणेश स्मृति हेमन्ती साहित्य’ पुरस्कार

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाजले चर्चित साहित्यकार सुमन वर्षालाई सम्मानित गर्ने भएको छ ।

‘अन्ततः यन्त्रणा’ उपन्यासमा सुदूर पूर्वी भेकको सामाजिक विषयलाई प्रमुख कथा बनाई नारी नियति र अस्मिताबारे चिन्तनशील लेखन गरेबापत उपन्यासकार सुमन वर्षालाई गणेश स्मृति हेमन्ती साहित्य पुरस्कारद्वारा नगद २५ हजार सहित सम्मानित गर्ने निर्णय भएको सुदूर पश्चिमाञ्चल साहित्य समाजले जनाएको छ ।

अङ्ग्रेजी विषयमा प्राध्यापन गर्नुहुने सुमन वर्षा समीक्षक, कवि, कथाकार र चर्चित साहित्यकार हुनुहुन्छ । उहाँका कवितासङ्ग्रह (संयुक्त) र ढुकुटी उपन्यास प्रकाशित भएका छन् । विश्व नारी साहित्य सम्मेलनका अवसरमा उक्त सम्मान प्रदान गरिनेछ ।