सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह

माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रश्न गरिन्, ‘यो सदनमा धेरै चोटी सुनियो चेली । महिला नेतृहरुलाई चेली भनेपछि पुरुषहरुलाई के चेला भन्छौं ?’

आफूले पुरुषहरुलाई चेला भनेर सम्बोधन गरेको आफूले नसुनेको भन्दै उनले महिलाहरुलाई पनि चेली नभन्न आग्रह गरिन् ।

सांसद श्रेष्ठले अगाडि भनिन्, ‘कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशहत महिला यो सदनमा पठाइयोस् ।’

Comments are closed.