टिकटक बन्द गर्नुको कारण देखाउन सरकारलाई सर्वाेच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्धकाे रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षीको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

इजलासले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारण देखाउन सरकारलाई आदेश दिएकाे छ । मंसिर १५ गते भित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिइएकाे हाे । मंसिर १९ मा पूर्ण सुनुवाइको लागि पेसी तोकिएको छ ।

सामाजिक सद्‍भाव बिगार्ने काम गरेकाे भन्दै कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेकाे थियाे । सरकारकाे निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वाेच्चमा रिट दायर गरेका थिए ।