Trending Now

अभिनेता सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भाेलि विवाह

काठमाडौँ । अभिनेताद्वय सुरक्षा पन्त र मानव सुवेदीबीच आज टीकाटालो (इन्गेजमेन्ट) भएको छ । सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै पन्तले यस्तो जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्– ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौँ । आशिर्वाद दिनुहोला ।’

यी दुई अभिनेताबीच बिहीबार चितवनको सौराहामा विवाह हुने भएको छ । यी दुईबीच ६ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ

Comments are closed.