नेपाली साहित्यमा सशक्त बन्दै गएकाे एक नाम हाे सुशीला पाैडेल । साहित्यका भिन्न भिन्न बिधामा कलम चलाइरहेकी सुशीला पाैडेलका नविनतम २ कृति एकसाथ लाेकर्पण गरिएकाे छ । गीत लेखनमा परिचित पाैडेलकाे ‘तृषा’ उपन्यास चर्चित कृति मानिन्छ ।
पाैडेल
साहित्यकार सुशीला पाैडेलका नविनतम दुइ कृति
‘मुक्तक मनुषी'(मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाइ राजधानीकाे प्रज्ञा प्रतिष्ठानकाे हलमा आषाढ २४ गते शुक्रबार एक विशिष्ट कार्यक्रमबीच लाेकर्पण गरिएकाे छ । नेपाली भाषा साहित्य क्षेत्रका विशिष्ट व्यक्तिहरु चुडामणि देवकाेटा, दिनेश अधिकारी, एस्पि काेइराला, डा.गीता त्रिपाठीआदिका साथमा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री गगन थापाद्वारा मुक्तक तथा गजल संग्रहकाे लाेकर्पण गरिएकाे थियाे । कार्यक्रममा विमाेचित कृतिमाथि समिक्षासमेत गरिएकाे थियाे । प्राध्यापन पेशामासमेत सक्रिय सुशीला पाैडेलका ४ दर्जन गीत रेकर्ड भैसकेका छन् ।