अन्नपूर्ण राष्ट्रिय बुद्धिचालमा स्वर्णिम र पूर्णिमालाई उपाधि

काठमाण्डौं । अन्नपूर्ण उच्चमाविको आयोजनमा सञ्चालन भएको अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको यु–१७ छात्रतर्फ प्रभात ईन्जिनियरिड स्कुलका स्वर्णिम दुवाल पहिलो स्थान हासिल गर्दा अन्नपूर्ण स्कुलका प्रवेश लामा र अर्या श्रेष्ठ दोस्रो र तेस्रो स्थानमा रहे । यु १७ कै छात्रातर्फ टिलिङटार स्कुलका पुर्णिमा गुरुङ्गले उपाधि जितिन् । त्रियोगकी रिया श्रेष्ठ दोस्रो भईन ।

अन्नपूर्ण माविको भवनमा भएको प्रतियोगितामा यु– १५ को छात्रतर्फ नेशनल क्रेडिटिभका रिदम घिमिरेले बाजी मारे । त्यस्तै अल्पाइनका शुलभ पौडेल र पन्चायनका अध्ययन काफ्ले दोस्रो र तेस्रो स्थानमा रहे ।

त्यस्तै छात्रातर्फ यु–१३ मा ग्रिनहिलका एन्जेल महर्जनले पहिलो स्थान हासिल गर्दा पुष्प सदन स्कुलका शिवानी रिजाल दोश्रो र के एम सिका प्रविज्ञा तेस्रो भइन् ।

छात्रतर्फ पाँच र छात्रातर्फ चार समुहमा संचालन भएको प्रतियोगितामा यु–१३ को छात्रतर्फ वि एन एकेडेमीका अविन पाण्डे प्रथम स्थान हासिल गरे । त्यस्तै बासु सेकेन्डरी स्कुलका माणिक ख्यनमली दोस्रो र त्रिपुरा ग्लोरियस स्कुलका सप्राण श्रेष्ठ तेस्रो भए ।
त्यसैगरी यु–११ छात्रतर्फ त्रियोग हाइस्कुलका आभास रिमालले उपाधि जिते भने दाभ स्कुलका सरल थापा दोस्रो र प्रत्युस श्रेष्ठ तेस्रो स्थानमा रहे । छात्रामा वि एन एकेडेमीकी बबिसा तामाङ बिजेता बनिन भने त्रियोग स्कुलकि परिधि खत्री दोश्रो र दिपज्योतिकि इसिका श्रेष्ठ तेस्रो भइन् ।

यु–९ छात्रातर्फ सूर्यदय स्कुलका अग्रिम सैजु छात्रातर्फ अन्नपूर्णकि ओजस्वी श्रेष्ठ ले उपाधि जितिन् ।

बिजेता खेलाडीहरुलाई विश्व बुद्धिचाल महासंघका बेलायती फिडेका चेस डेभलपमेन्टका निर्देशक सुपर ग्राण्ड मास्टर नाइजेल डेभिड शर्तले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा ६० विद्यालयका ३०० खेलाडीहरुको सहभागीता जनाएका थिए ।