स्रष्टा समाजको वार्षिकोत्सवमा विचार गोष्ठी, दुई स्रष्टा पुरस्कृत

काठमाडौं । नेपाल स्रष्टा समाजले १६ औँ वार्षिकोत्सवको अवसरमा विशेष विचार गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा ‘दक्षिण एसियामा नेपाली साहित्य’ विषयमाथि साहित्यकाररू महेश पौडेल र भीष्म उप्रेतीले विशेष प्रवचन दिए ।

शनिबार राष्ट्रिय नाचघरस्थित हरिप्रसाद रिमाल कक्षमा सम्पन्न कार्यक्रममा समाजले संस्थापक अध्यक्ष चर्चित कवि शैलेन्द्र साकारलाई सम्मानित ग¥यो ।

सोहीअवसरमा ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान २०७९’ युवाकवि नवराज पराजुलीलाई समर्पण गरियो । ४० वर्षभन्दा कम उमेरका स्रष्टालाई प्रदान गरिने सो सम्मानका साथ ११ हजार १११ रुपैयाँ नगद प्रदान गरिएको छ ।सो पुरस्कार सीता कँडेल र चेतनाथ कँडेलले आफ्ना छोरा प्रसिद्ध कँडेलको स्मृतिमा स्थापना गरेका हुन् ।

कार्यक्रममा प्रा.डा. अभि सुवेदीले साहित्यले नै सबैलाई जोड्ने कुरामा जोड दिए । प्रा.डा सुवेदीले भने, “हामीले साहित्यमा मौलिकताको खोजि गर्नुछ । साहित्यबाटै हामीले आफ्नो पहिचान कायम गरौँ ।”

समारोहमा पुरस्कृत कवि नवराज पराजुलीले आफ्नो कविता वाचन गरेका थिए भने प्रमुख अतिथि नगेन्द्रराज शर्मा, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कँडेल, देविका तिमिल्सिनालगायतले बोलेका थिए ।

Comments are closed.