आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ

काठमाडौं –– नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ ।गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने जानकारी दिए ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको दाबी गरिएको छ ।आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुनेछन् ।