राम कोईरालाको “मेरी उनी र म”पुस्तकको परिचर्चा कार्यक्रममा सम्पन्न

कठमाडौँको ईन्द्रेणी स्विट होटलमा आयोजित एक कार्यक्रममा राम कोइरालाद्वारा लिखित पुस्तक ’मेरी उनी र म’ माथि परिचर्चाको कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको खानेपानी व्यवस्थापनदेखि लिएर हजुरआमाका कथाहरू र आफ्ना जीवनका विभिन्न मोडहरू, अनुभवहरू लेखिएको पुस्तक ’मेरी उनी र म’ बारेउपस्थित मध्येबाट हरि पथिक, विजेश्व्ररी मलेकु, ड़ा गोविन्दसिंह रावत, खगप्रसाद नेपाल, कमल ढकाल आदिले बोल्नु भएको थियो । उक्त पुस्तक पढ्दा आफू भावुक भएको कुरा पाठकहरुले व्यक्त गरेका थिए । अनौपचारिक किसिमबाट भोजन र भाषण एकै पटक गरिएको उक्त परिचर्चा कार्यक्रमको सहजीकरण दुर्गा बन्जाडेले गर्नु भएको थियो ।

साँझ ५ः३० बजेदेखि ८ः३० बजेसम्म आयोजित उक्त कार्यक्रममा चिकित्सक ड़ा भगवान कोइराला, सङ्गीतकार न्हुयु बज्राचार्यदेखि लिएर साहित्यकार तथा रङ्गकर्मीहरू ➨ राजेन्द्र शलभ, कुसुम रावत, रन्जना निरौला, प्रकाश सायमी, मुरारि सिग्देल, विश्वविमोहन श्रेष्ठ, विक्रमभक्त जोशी, शरद प्रधान, विनोद नेपाल, श्रीओम श्रेष्ठ रोदन, किशोर पहाडी आदिको उपस्थिति थियो ।

 

Comments are closed.