काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरू आर्थिक, सामाजिक र राजनीतिक हिसाबले अहिले पनि पछाडि पारिएका बताउनुभएको छ ।
शुक्रबार काठमाडौैंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले महिलालाई सिप र आर्थिक सशक्तीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । यसको लागि मन्त्रालयले काम गरिरहेको चौधरीले जानकारी दिनुभयो । हरेक मन्त्रालयको बजेट लैङ्गिकमैत्री छ कि छैन भन्ने विषयमा अध्ययन गरेर प्रभाकारी बजेट बनाउन पहल गर्ने उहाँले जानकारी दिनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा अति न्यून बजेट रहेको बताउँदै चौधरीले अन्य मन्त्रालयको बजेट पनि लैङ्गिकमैत्री बन्नु पर्नेमा जोड दिनुभयो । महिलाको लागि छुट्याएको बजेट पनि अन्यत्र प्रयोग हुने गरेको बताउँदै चौधरीले महिलाको लागि आएको बजेट महिलामा नै लगानी हुनुपर्ने बताउनुभयो ।