म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको बाँकी मुद्दाकाे अन्तिम सुनुवाइ स्थगित

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीको बाँकी मुद्दाकाे अन्तिम सुनुवाइ स्थगित

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको रिहाइको माग गरेपछि म्यानमारको अदालतले आज साेमवार बाँकी अन्तिम मुद्दाको सुनुवाइ गर्ने भएको  थियो। तथापि म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ। अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ। दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो। यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो।

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए। दश हजार भन्दा बढी पक्राउ परेका छन्। अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो–यस मुद्धा साबित भएमा सुकीलाई तीन वर्षको जेल सजाय हुनेछ। यस मुद्धाको फैसलालाई डिसेम्बर छ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ।

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ। मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन्। अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सीमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताए।