मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने–अहिलेको सरकार लामै सयम जान्छ, हल्लामा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले तत्काल गठबन्धन भत्किने कुनै सम्भावना नभएको दाबी गरेका छन् ।सरकार परिवर्तनको हल्लाका बीच सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।उनले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरे ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको पनि मन्त्री शर्माको भनाई छ ।