ग्रयान्ड महफिलको पाँचौँ शृङ्खला कार्यक्रम हुँदै

आउने कार्तिक शनिवार १९ गते दिनको २ः०० बजे सर्वनाम थिएटरमा ग्रयान्ड महफिलको पाँचौँ शृङ्खला कार्यक्रम हुँदैछ । वाचकहरू, सिद्ध नारायण आचार्य कैलाली,बबिता भूजेल मोरङ र नवराज ढकाल चितवनका रहेका छन् ।
सर्जक चर्चामा कवि निवन्धकार रञ्जना निरौला र उहाँको निवन्धसङ्ग्रह अनुभूतिको अवतरणमाथि चर्चा गरिने छ । कार्यक्रम अवधिभर आफूले खरिद गरेको टिकट साथमा राख्न हुन हार्दिक अनुरोध गरिएको छ । उपस्थित मध्ये ५ जनालाई उक्त निवन्धसङ्ग्रह अनुभूतिको अवतरण उपहार प्रदान गरिने छ