माघ १० गते देखि २१ गते सम्म प्रथम सरावल औद्योगिक व्यापार मेला

नवलपरासी । पश्चिम नवलपरासीको सरावल उद्योग बाणिज्य संघले यहि माघ १० गते देखि प्रथम कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला २०८१ सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजनागरी मेला सञ्चालनका वारेमा आयोजकले जानकारी गराएको थियो ।
सरावल गाउँपालिका वडा नं। १, बासाबसही चोक नजिकै रहेको खाली जग्गामा माघ १० गतेदेखि २१ गतेसम्म औद्योगिक व्यापार मेला सञ्चालन गर्ने तयारीका साथ अघिबढेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शुसान्त शर्मा धिमिरेले जानकारी गराउनु भएको थियो ।
“कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ सरावल गाउँपालिका वडा नम्बर -१ बासामा माघ १० गते देखि २१ गते सम्म प्रथम सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला आयोजना हुने पत्रकार सम्मेलन मार्फत आयोजक सरावल उद्योग बाणिज्य संघले जनाएको छ।सरावल गाउँपालिकाको संरक्षकत्व तथा उद्योग वाणिज्य संघ सरावलकाे आयोजनामा मेला हुन लागेको हो।
करिब १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा करिब ६ करोड रुपैयाँको आर्थिक कारोवार हुने लक्ष्य राखिएको सरावल उद्योग बाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताउनु भयो ।मेलाको व्यवस्थापनका लागि करिब ५० लाख रुपैयाँको लागत लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शन, “मम्मी डान्स” प्रतियोगिता, टोल विकास संस्थाहरूबीच खेलकुद प्रतियोगिता, राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति,थारु खानाका परिकार, बाल उद्यान र झुलाहरू राखिने संघका अध्यक्ष घिमिरेले बताउनुभयो ।मेलामा प्रवेशका लागि ८० रुपैयाँ टिकट राखिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू: निःशुल्क प्रवेशको ब्यवस्था मिलाउने संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बताए।
मेलाले सरावलभित्रका उत्पादनहरूको बजारीकरण र भाषा, कला तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। मेलाबाट आएको आम्दानीको ५% स्थानीय क्षेत्रको पर्यटन विकासमा लगानी गरिने अध्यक्ष घिमिरेले उल्लेख गर्नु भयो ।“कृषि, पर्यटन, खेलकुद तथा पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” भन्ने मुख्य नाराका साथ मेला आयोजना गरिएको संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।मेलामा अटोमोबाइल्स, बहुराष्ट्रिय कम्पनीका जुत्ता चप्पल, बैंक तथा बीमा कम्पनीहरू, महिला उद्यमीका उत्पादनहरू, र घरेलु उत्पादनहरूका स्टलहरु समावेश हुने उद्योग बाणिज्य संघका सचिब एब स्टल संयोजक देवराज राय थारुले उल्लेख गर्नु भयो ।
सोही अवसरमा बोल्दै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ऐतिहासिक स्थलहरूको पहिचान र सरावलको सांस्कृतिक धरोहरको जगेर्नामा सहयोग पुग्ने उल्लेख गर्नु भएको
Comments (0)
Add Comment