गृहमन्त्रीले संसद्‌लाई भड्काउन खोज्नुभयो : गगन थापा

सबै काण्डका फायल खोल्न चुनौती,गृहमन्त्रीले लगाएका आरोपमाथि कांग्रेसको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‌लाई भड्काउन खोजेको आरोप लगाएको छ ।संसद् बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस सांसद तथा महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीमाथि यस्तो प्रत्यारोप लगाउनुभएको हो । गृहमन्त्री लामिछानेले सरकारमा रहेकै मन्त्रीले आफूमाथि लागेका आरोपको सफाइका क्रममा दिएको अभिव्यक्ति मुद्दालाई विषयान्तर गर्ने नियतले आएको बताउनुभयो ।
‘सञ्चारमाध्यममा आएका हरेक विषयमा छानबिन गर्न संसदीय समिति बनाउने हो ?’ भन्ने गृहमन्त्रीको प्रश्नको जवाफ दिँदै थापाले प्रतिपक्षीलाई नधम्क्याउन बरु आवश्यक विषयमा छानबिन गर्न र अनुसन्धान गर्न चुनौती दिनुभयो । अनुसन्धानका लागि जुनसुकै विषयको फाइल खोल्ने अधिकार गृहमन्त्रीसँग हुने भन्दै थापाले सकेजति फाइल खोल्न सुझाउनुभयो ।
गृहमन्त्री लामिछानेले विभिन्न सहकारीमा लिएको ऋणको प्रमाण भन्दै महामन्त्री थापाले केही कागजात पनि पत्रकार सम्मेलनमा देखाउनुभयो ।