प्रतिनिधि सभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज  बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।

सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने‍छ ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।

सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयाेग बनाउने पूर्व सहमति सरकारले ताेडेकाे भन्दै नेकपा एमालेले आजकाे बैठक अवरुद्ध गर्ने बताएकाे छ । असाेज ५ गतेसम्म आयाेग बनाएर काम थाल्ने भनिएपनि सरकारले अहिलेसम्म समिति गठन गरेकाे छैन ।