उत्तराखण्ड सरकारले पतंजलीको यी १४ वटा उत्पादनको लाइसेन्स गर्‍यो रद्द

भारतको उत्तराखण्ड सरकारले पतंजलीको १४ वटा उत्पादनको लाइसेन्स रद्द गरेको छ। अदालतमा जवाफ दिँदै राज्य सरकारले अप्रिल १५ देखि १४ वटा उत्पादनको इजाजतपत्र रद्द गरेको जनाएको हो।अहिले भारतको सर्वोच्च अदालतमा पतंजलीविरुद्ध मुद्दा चलिरहेको छ। गलत विज्ञापन हटाउन दिइएको आदेश नमानेको भन्दै सर्वोच्चले रामदेव र बालकृष्णलाई नै उपस्थित गराएर सुनुवाई गरिरहेको छ।
राज्य सरकारले पतंजलीको स्वासारि गोल्ड, स्वासारि वटी, ब्रोंकोम, स्वासारि प्रवाही, स्वासारि अवलेह, मुक्ता वटी एक्स्ट्रा पावर, लिपिडोको उत्पादनमा रोक लगाइसकेको जनाएको छ।
यस्तै, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडवान्स, लिवोग्रिट, आईग्रिट गोल्ड र पतंजदफ दृष्टि आईड्रपको उत्पादनमा पनि रोक लगाइएको छ।सर्वोच्चले राज्य सरकारले पतंजलीविरुद्ध कुनै कारबाही नगरेको भन्दै यसअघिका सुनुवाइहरुमा आक्रोश व्यक्त गरेको थियो।
केहीदिन अघिमात्रै पतंजलीले बिना कुनै शर्त पत्रिकामा माफी माग्दै सूचना जारी समेत गरेको थियो। अदालतमा पनि रामदेव र बालकृष्णले अदालतको अवहेलना गरेकोमा माफी मागिसकेका छन्।