विश्वासको मत लिने कार्यसूची रहेको बैठक कांग्रेसको अवरोधले स्थगित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठकअघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए । उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ भन्दै नारा समेत लगाएको थिए ।