नारायणगढ–मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्दा पुस ७ गतेदेखि ३ हप्तासम्म विहान ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको हो।