विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौं । सरकारले बुधबार भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा (बिहीबार) आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोकमा झण्डा झुकाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने एक जना चालक गम्भीर घाइते भएका छन् ।

सो घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न बैठकले निर्देशन दिएको छ ।