देउवा र ओलीको सहमति कांग्रेसले अनुमोदन गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमतिलाई अनुमोदन गरेको कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले मकालुखबरलाई जानकारी दिए ।
आज बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएका सहमतिलाई अनुमोदन गर्ने र सरकार गठनको प्रक्रिया सुरु गर्ने निर्णय भएको उनले बताए ।
‘ओली र देउवाबिच सहमति भएको थियो । देशमा स्थायित्व र आर्थिक विकासका लागि सहमति गर्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसमा साना दललाई पनि जोड्ने,’ उने भने, ‘सुरुमा ओलीको नेतृत्वमा सरकारका बन्छ, दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्नुहुन्छ । त्यो समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको छ ।’