काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेर बन्द भएको हो ।
तीन उपसमूह डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएको हो ।
कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ भने आँठ कम्पनीको सेयरमा कुनै परिवर्तन भएन ।
३०५ कम्पनीको एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता सेयर चाँर अर्ब आँठ करोड ५६ लाख ७८ हजार चाँर सय ७२ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रस्ट्रक्चरको १२ करोड, हिमालयन डिष्टिलरीको नौँ करोड २३ लाख र एनआइसी एसिया बैंकको आँठ करोड ४२ लाखको कारोबार भएको छ ।