सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अंकले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् ।

आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक शून्य दशमलव ९२ र म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै लगानी समूहको उपसूचक शून्य दशमलव ९५ प्रतिशतले घटेको छ ।

माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुईवटा कम्पनी शुभम् पावर लिमिटेड र थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सात करोड ६८ लाख ९६ हजार ६ सय चार बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको तीन लाख १९ हजार सात सय कित्ता शेयर किनबेच भएको छ ।

-रासस