नयाँ सत्ता समीकरण: प्रमुख दलहरू आन्तरिक छलफलमा

काठमाडौं । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै दुवै दल आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पदाधिकारी बैठक बिहान ९ बजे बस्दै छ भने एमाले नेताहरू पनि आन्तरिक छलफलमा जुट्दै छन् ।
स‌ंसद्का दुई ठूला दल कांग्रेस र एमाललेले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन हिजो मध्यराति सहमति गरेका हुन् । दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ । सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ ।
मध्यरातमा भएको यो सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा ३ पटक गठबन्धन फेरेका दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।