रुपचन्द्र विष्टको जीवनमा आधारित उपन्यास ‘रुदाने’ सार्वजनिक

काठमाडौं । रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ सार्वजनिक भएकोछ ।रूपचन्द्र विष्टको जीवनका विभिन्न पाटालाई सँगाल्दै आख्यानको शैलीमा लेखिएको यो किताबमा जीवनीभन्दा पृथक्, कल्पना र सृजमनात्मक शैलीमा लेखिएको लेखक टंक चोलागाईं बताउनु भयो । लेखक चौंलागाईंले भन्नुभयो, ‘आफू रंगमञ्च र कथासँग बढी समीप भएको हुँदा मैले आख्यान लेख्दा अझ बढी न्याय गर्नेछु भन्ने लागेर यो शैली समाएको हुँ ।’
रूपचन्द्रलाई अत्यन्त नजिकबाट नियालेका लेखक श्याम श्रेष्ठका अनुसार यो आख्यानले निकै सूक्ष्म तरिकाले रूपचन्द्रको जीवनी उनेको छ । यसमा भावना र इतिहास जोडिएर आएको श्रेष्ठले बताउनु भयो ।
‘अहिलेका अधिकांश रानीतिज्ञ, रूपचन्द्र विष्टलाई समाएर भोटको राजनीति गरेको छर्लङ्ग छ । उनलाई प्रयोग गरिन्जेल गर्ने, अनि आफ्नो शक्तिको समयमा बिर्सने नेताहरू वरपर छन्,’ पुस्तक सार्वजनिक कार्यक्रममा टिप्पणी दिँदै मुक्ता श्रेष्ठले भन्नु भयो, ‘रुपचन्द्रले जमिनका मान्छेलाई उठाए, महिलालाई बोल्न जगाए ।’
लेखक एवं रंगकर्मी चौलागाईंको यो चौंथो कृति हो । सांग्रिला बुक्सले प्रकाशन गरेको उपन्यास रुदानको मूल्य ७ सय ९५ रुपैयाँ छ ।