मोहन वैद्य नेतृत्वको पार्टी फुट्यो

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) फुटेको छ।

वैद्यको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका १० जना केन्द्रीय नेताहरूले अलग हुने घोषणा गरेका छन्।

सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले अलग भएको घोषणा गरेका हुन्।

वैद्य माओवादीले वैशाख १९ गते नेकपा ९मशाल० सँग पार्टी एकता गर्दैछ।सोही एकताप्रति असन्तुष्ट समूहले पार्टीबाट विद्रोह गरेको हो।