‘गोर्खा वारियर’को प्रिमियर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा हुने

काठमाडौँ । फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतको हुने भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म सेप्टेम्बर १० मा लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमिएर गरिने जानकारी दिएको हो ।

प्रिमियरमा दुई हजार दर्शकलाई ‘गोर्खा वारियर’ देखाईने फिल्मका निर्माता एवं निर्देशक मिलन चाम्सले बताए । ‘नेपाली फिल्मलाई विश्वब्यापी बजारमा पु¥याउने नेपालीहरुले देखेको सपनालाई ‘गोर्खा वारियर’ मार्फत साकार हँुदैछ’ चाम्सले भने । चाम्सका अनुसार फिल्मको प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघसंस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा लाने चाम्सको भनाई छ ।

Comments are closed.