राष्ट्रपतिले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुहुने भएकाे छ ।

कात्तिक ७ गते विजया दशमीका दिन राष्ट्रपति पौडेलले महाराजगञ्जस्थित कार्यालयमा विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुहुने कार्यक्रम रहेकाे राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

उहाँले दिउँसो २ बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश​‚ उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुख, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी तथा विशिष्ट व्यक्तिहरूलाई टीका लगाइदिनुहुनेछ ।

त्यसपछि राष्ट्रपति पाैडेलले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिनुहुने कार्यक्रम रहेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

राष्ट्रपति कार्यालयले सबैलाई मर्यादित पोशाकमा आउन आग्रह समेत गरेको छ ।