परिवर्तनका हरेक आन्दोलनमा महिलाको भूमिका निर्णायक: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका छन् ।

मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए ।

‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ अध्यक्ष नेपाल द्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै उहाँले विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Comments are closed.