सत्तापक्षले संसदमा दादागिरी देखायो : सचेतक बर्तौला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसदमा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसदमा दादागिरी देखाएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसदहरुले उठेर बिरोध गर्नु दादागिरी भएको बताए । उनले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद चलाउन नचाहने स्पष्ट भएको बताए । उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरूले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए

उनले भने ‘सरकार यसमा जिम्मेवार बन्न सकेन । सम्माननीय सभामुखज्यूले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरूले उठेर अवरोध गर्नुभयो । सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ । सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसदमा द्वन्द्व गर्न चाहन्छ । किनभने प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन रु आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन । सत्तापक्षका सांसदहरू हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ । प्रतिपक्षले बोल्न पाउने अधिकारमाथि आज सत्तापक्षले संसदमा कुण्ठित गर्नुभयो । उहाँहरू योजनाबद्ध तयारीमा हुनुहुन्छ । अभियोग प्रतिपक्षलाई लगाउने, अरू सबै करणी आफू गर्ने । यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन । संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारी छ । त्यो खेतीमा लागेको छ ।’

सचेतक बर्तौलाले संसदलाई द्वन्द्वतर्फ लैजान सरकार तयारीका साथ अघि बढी रहेको आरोप लगाए ।