कवितामा तीन पुस्ताको दोस्रो शृङ्खला गरिँदै

‘कवितामा तीन पुस्ता’ दोस्रो शृङ्खला गरिँदै
प्रत्येक दुई महिनामा आयोजना हुँदै आएको ‘कवितामा तीन पुस्ता’ कार्यक्रमको दोस्रो शृङ्खला आउँदो कार्तिक२६ गते शनिबार सर्वनाम थिएटर काठमाडौँमा हुने भएको छ । कवितामा तीन पुस्ताको पहिलो सृङ्खलामा वरिष्ठ कवि दिनेश अधिकारी, प्रसिद्ध कवि श्रवण मुकारुङ र लोकप्रिय कवि रञ्जना निरौलाले तीन फरक फरक पुस्ताको प्रतिनिधित्व गरेका थिए ।
यस पटकको तीन पुस्तामा क्रमशः वरिष्ठ कवि स्नेह सायमि, लोकप्रिय कवि ज्योति जङ्गल र नयाँ पुस्ताका लोकप्रिय कवि हेमन्त शिशिरका कविताहरू प्रस्तुत गरिनेछ ।
उक्त कवितात्मक कार्यक्रममा कवि ज्योति जङ्गलको ‘आधा शिर उचालेर’ कविताकृतिको लोकार्पण गरिनेछ ।

 

Comments are closed.