मण्डला नाटकघरमा ‘कुभिण्डोको कथा’ विविधता र सहअस्तित्वको सन्देश

काठमाडौँको मण्डला नाटकघरमा मंसिर १९ देखि ‘कुभिण्डोको कथा’ प्रदर्शन भइरहेको छ । दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ एक दुःखान्त नाटक हो । जुन लोककथामा आधारि छ ।
पाँच महिने नाटक लेखन परियोजना २०२२ बाट छनोट भएको नाटक ‘कुभिण्डोको कथा’ सुदूरपश्चिम प्रदेशका नाटककार प्रनिश मगरले लेखेका हुन् ।
विविधता र सहअस्तित्व भनेको हाम्रो समाजलाई मजबुत एवं जीवन्त बनाउने कुरा हुन् । समाजमा सबैको आवश्यकता र अस्तित्वको हेरचाह र सम्मान हुनुपर्छ । सुन्दा आधुनिक लागेपनि यी कुराहरु पहिल्यै देखि हाम्रो लोकसमाजले अबलम्बन गर्दै आएका हुन् । नभए लोककथा बनेर यस्ता मान्यताहरु कसरी आजको दिनसम्म रहन सक्थे होलान् ।
कुभिन्डोको कथा” नाटकले हामीलाई प्रकृतिको परमसत्य नजिक लैजान्छ । प्रकृतिले हामीलाई हाम्रो शक्ति र कमजोरीको आधारमा एकअर्काबाट भिन्न बनाएको भन्दै यसले हामीले एकअर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । त्यस्तै हाम्रो परिवार र समाजमा विभिन्न क्षमता र भूमिकाहरूको साथ हाम्रो फरक उपस्थितिलाई यसले सम्बोधन गर्ने प्रयास गरेको छ । पुष सत्र गतेसम्म प्रदर्शन हुने नाटक मंगलबार, बुधबार र बिहिबार प्रदर्शन हुनेछ । टिकट रु ३०० मात्र ।

 

Comments are closed.