टाइटानिक र दयनीय मृत्यु

काठमाडौं । आफ्नो समयको सबैभन्दा ठूलो र भव्य पानी जहाजमध्ये टाइटानिक एक थियो । तर १५ अगस्ट १९१२ मा साउथ ह्याम्पटन, इङ्गल्यान्डबाट न्यूयोर्क जाँदै गर्दा उक्त पानी जहाज हिउँको विशाल चट्टानमा ठोक्किएर दुर्घटनामा पर्‍यो । जसलाई आजसम्म रहस्यमयी घटनाका रूपमा हेरिन्छ ।

ठीक १११ वर्षपछि आइतबार (१८ जुन) देखि दुर्घटनाग्रस्त टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच व्यक्ति बेपत्ता भएसँगै टाइटानिक पुनः चर्चामा आएको छ । उनीहरू टाइटान नामक पनडुब्बीमा सवार भई यात्रामा निस्किएका थिए । कतिपयले यस घटनालाई ‘दोस्रो टाइटानिक’ पनि भनिरहेका छन् । यो यात्रामा धनाढ्यहरू सामेल थिए । त्यसैले पनि यसलाई महत्त्वको साथमा हेरिएको हो ।

बेपत्ता भएको पाँचौं दिनमा उद्धार तथा कोजी कार्यमा खटिएका अधिकारीले पनडुब्बीको भग्नावशेष फेला पारेको बताएका छन् । आइतबाट पनडुब्बी बिस्फोट हुँदा त्यसमा सवार सबै यात्रुको निधन भइसकेको उद्धारकर्ताको दाबी छ ।

Comments are closed.