Trending Now

यस्तो छ ‘प्रसाद २’ को ट्रेलर

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद-२’ को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा सामाजिक कथाबस्तु मिसिएको छ ।

‘प्रसाद-२’ले जातीयताको मुद्दा उठान गरेको छ। निर्देशक सुदर्शन थापाले चलचित्रको कथावस्तुले दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरेका छन् । ‘माया भन्दा ठूलो नै क छ र’ भनेर फिल्मको स्लोगन राखिएको छ।

सुदर्शन बस्नेतले फिल्ममा लगानी गरेका छन्। फिल्मको कथा सुशील पौडेलले लेखेका हुन् ।चलचित्र एसजी फिल्मसँग सुलभ थापा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । चलचित्रमा नायक विपिन कार्की, नायिका केकी अधिकारी र कलाकार अर्पण थापालगायत छन् ।

Comments are closed.