काठमाडौँ । राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर जोखिएको सुनको तौल ६० केजी ७७९ ग्राममात्रै भएको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले सोमबार ब्रेक शुबाट सुन निकालेर जोखेको हो । सुनको मात्रैको परिमाण कम भएको टक्सार विभागले जनाएको छ ।
मंगलबार भने सुन पगालेर गुणस्तर समेत जाँच गर्ने विभागले जनाएको छ ।२ साउनमा बरामद गरिएको ब्रेक शुसहितको कार्टुनको कुल तौल भने १५५ किलो भएको थियो ।