तीव्र गतिमा भइरहेको छ ग्वार्को फ्लाई ओभरको काम

काठमाडौं : चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरको काम तीव्र रुपमा भइरहेको छ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले ग्वार्को फ्लाई ओभर २०८१ असारभित्र सम्पन्न गर्ने गरी फेरि म्याद थप गरेको छ। अहिले माटो हालेर पेल्ने काम भइरहेको छ। फ्लाई ओभर निर्माणका लागि २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीले ठेक्का पाएको हो।
सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो। चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो।