विभिन्न धनमाल चोरी

भक्तपुर, ३० जेठ

सूर्यविनायक नगरपालिका-१ सिरूटार थापा टोल बस्ने प्रल्हाद जंग थापाको घरमा कोही नभएको अवस्थामा ताला फुटाई पूजा कोठामा रहेको सुनका विभिन्न गहना र नगद १४ हजार रुपैयाँ समेत गरी करिब १५ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।