कालोसूचीमा परे यी २९ निर्माण कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् ।
जसअनुसार शुक्रबार प्रकाशित एक सूचनाअनुसार कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने उल्लेख छ ।
यस्तो कालोसूची १ देखि ३ वर्षसम्मका लागि राखिएको छ । काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् ।