यस्तो छ नेपाल र चीनबीचको संयुक्त विज्ञप्ति

काठमाडाैं । नेपाल र चीनबीच भएकाे सम्झाैता संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरिएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे चीन भ्रमणका क्रममा साेमबार भएकाे १३ बुँदे सम्झाैता संयुक्त विज्ञप्तसिमार्फत मंगलबार सार्वजनिक गरिएकाे हाे ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियाे ।

काठमाडौंको चक्रपथ दोस्रो चरणको काम थाल्ने, केरुङ-काठमाडौं क्रस बोर्डर रेलवेको सम्भाव्यता अध्ययन गर्ने, स्याफ्रुबेसी रसुवागढी राजमार्ग मर्मत सुरु गर्ने, टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तिब्रता दिने लगायत सम्झाैता नेपाल र चीनबीच भएकाे छ ।

दुई देशबीच सन् १९८१ को नेपाल-चीन व्यापार सम्झौताको समीक्षाका लागि संयुक्त प्राविधिक समूह बनाउने, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने लगायत सम्झाैता नेपाल र चीनबीच भएकाे छ ।